You are viewing the translated version of मिलापत्र गर्न सक्ने.

Rule 29
मिलापत्र गर्न सक्ने
: (१) अदालतमा परेको मुद्दा मिलापत्र गर्न चाही दुबै पक्षले संयुक्त रुपमा निवेदन दिएमा इजलासले मिलापत्र गराई दिन सक्नेछ।
(२) दैनिक पेशी सूचीमा चढी इजलाससमक्ष पेश भएका मुद्दामा सुनुवाई हुनुअगावै मिलापत्र गर्ने समय पाउँ भनी मुद्दाका दुवै पक्षले संयुक्त निवेदन दिएमा वा मुद्वाको सुनुवाई सुरु भई बहस, छलफल भईसकेपछि पनि मिलापत्र हुनसक्ने सम्भावना छ भन्ने इजलासलाई लागेमा इजलासले मिलापत्र गर्न समय तोकी तारेख तोक्ने गरी आदेश दिन सक्नेछ।
(३) उपनियम (२) बमोजिम तोकिएको तारेखसम्ममा मुद्दाका दुवै पक्ष मिलापत्र गर्न सहमत भएमा इजलासले मिलापत्र गराई दिनु पर्नेछ र सहमत हुन; नसकेमा सोही व्यहोराको आदेश गरी अर्को पेशी तोकी कानून बमोजिम फैसला गरिदिनु पर्नेछ।